२० बैशाख २०८१, बिहीबार
Follow Us

वेलायतमा कञ्जरभेटिभ पार्टीको बहुमत


२६ मंसिर २०७६, बिहीबार २३:३४

लण्डन । विहिबार भएको वेलायतको संसदको निर्वाचनमा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीको बहुमत आउने निश्चित भएको छ ।

बिबिसी लगायत वेलायतमा रहेका आदी दर्जन मिडियाले गरेको एक्जिट पोलले कञ्जरभेटिभले ३६८ प्राप्त गर्ने देखाएको हो । ६५० सिट रहेको वेलायतको संसदमा विपक्षी दल लेवरले १९१ सिट हासिल गर्न सक्ने वताएको छ । बेलायतले ब्रेक्जिक्ट मुद्धा पार लगाउन नसक्दा पछिल्लो ५ वर्षभित्रमा यो तेस्रो पटक भएको निर्वाचन हो । चुनावमा ब्रेक्जिक्ट पक्षधरहरुले ठूलो जित हासिल गर्ने देखिएको छ ।
बेलायतका चारै राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका निर्वाचन सम्पन्न भएको हो ।

सन् २०१५ मा सम्पन्न संसदीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीले बहुमत प्राप्त गरेको थियो । सन् २०१६ जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा नतिजा आएसंगै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरनले राजिनामा गरे र टेरिसा मे प्रधानमन्त्री बनिन् ।

ब्रेक्जिटलाई सहज ढंगले पार लगाउन संसदमा थप शक्ति आर्जन गर्ने आशाले बहुमत हुंदा हुंदै पनि टेरिसाले सन् २०१७ मा मध्यावधि घोषणा गरेकी थिइन् ।