२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा जोन्सन पुनः प्रधानमन्त्री बन्ने, लेवरको लज्जास्पद पराजय


२७ मंसिर २०७६, शुक्रबार ०६:३९

कञ्जरभेटिभ पार्टीको ३६२ सिट सहित सुविधाजनक बहुमत

चिरन शर्मा ।

लण्डन- बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३६२ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।

यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट कञ्जरभेटिभले थप्न सफल भएको छ। यो नतिजा सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हो।

प्रधानमन्त्री वोरिस जोन्सनले नेतृत्वमा रहेको कञ्जरभेटिभ पार्टीले जित हासिल गरे पछि जोन्सनलाई पुनः प्रधानमन्त्री बन्न बाटो खुलेको छ।

६५० सिटको लागि भएको निर्वाचनमा विपक्षी दल लेवरलाई ठूलो धक्का लागेको छ। पछिल्लो परिणाम अनुसार लेवरले २०३ सिट प्राप्त गरेको छ। लेवरले गत निर्वाचनमा भन्दा ५८ सिट कम ल्याएको छ।

निर्वाचनमा स्कटिस् नेस्नल पार्टीले ४८ सिट प्राप्त गरि तेस्रो स्थान सुरक्षित गरेको छ। अर्को दल लिबरल डेमोक्र्याटले ११ सिट जितेको छ।

बेलायत यूरोपेली सङ्घ (ईयू) बाट बाहिरिने (ब्रेक्जिट) विषयमा केन्द्रीत रहेको निर्वाचनलाई कतिपयले दोस्रो जनमत संग्रहका रुपमा समेत हेरेका थिए। चुनावमा ब्रेक्जिक्ट पक्षधरहरुले ठूलो जित हासिल गरेका छन्।

ब्रेक्जिट पक्षधरहरु एक भएर निर्वाचनमा उत्रिएका थिए भने ब्रेक्जिट रोक्न चाहने पार्टीहरु बीच एकमत नहुदाँ विपक्ष दल लेवरको हार भएको बताएको छ।

प्रधानमन्त्रीमा पुनः जोनसन आउने निश्चित भएसंगै बेलायत आगामी ३१ जनवरी भित्रै यूरोपेली सङ्घ (ईयू) बाट बाहिरिने (ब्रेक्जिट) सुनिश्चित भएको छ।

बेलायतले ब्रेक्जिक्ट मुद्धा पार लगाउन नसक्दा पछिल्लो ५ वर्षभित्रमा यो तेस्रो पटक भएको आम निर्वाचन हो। सन् २०१६ जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा नतिजा आएसंगै तत्कालिन प्रधानमन्त्री डेभिड र टेरिसा मे प्रधानमन्त्री भने पछि सो मुद्धाको टुंग्गो लगाउन नसक्दा राजीनामा दिन वाध्य भएका थिए।

आप्रवासी कामदारहरुको लागि कडा नीति लिएको कन्जर्भेटिभको पुनः सत्तामा आउने निश्चित भए पछि अध्यायमन नीतिमा थप कडाई हुन सक्ने भनेर विदेशी कामदारहरु सशंकित छन्। ब्रेक्जिट पछि वेलायतको अर्थतन्त्रमा मन्दी आउन सक्ने र घर जग्गाको भाउमा ठूलो गिरावट आउने आसंका गरिएको छ।