२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस संस्थापनइतरको दुईतिर बैठक

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७६, सोमबार ११:१३

काठमाडौं । संस्थापनइतर समूहले बहिष्कार गरे पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबार पनि बोलाइएको थियो । १४ औं महाधिवेशनको कार्यतालिका प्रवेश नगरेसम्म संस्थापनइतर समूहले केन्द्रीय समिति बैठक बहिष्कार गर्ने अडान राखेका छन् । कांग्रेसमा संस्थापक र संस्थापकइतरको छुट्टा–छुट्टै बैठक बसेको छ । आजै महामन्त्री संशाक कोइरालाले आफ्नै निवास महाराजगञ्जमा छुट्टै भेला गर्नुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा पनि छुट्टै भेला भएको थियो । सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरु कृष्ण सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, सुजाता कोइरालालगायत बहिष्कार गर्दै आएका छन् ।

मंसिर २६ गते बसेको कार्यसमिति बैठकमा सभापति देउवाले पार्टीको विभागको संख्या २८ बाट बढाएर ४१ पु¥याउने, भ्रातृ संस्थाको विधान संशोधन र तरुण दलको ६ महिना म्याद थप गर्ने लगायत नौ बुँदे एजेण्डा प्रस्तुत गरेपछि विवाद बल्झिएको थियो ।