२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
३ पुष २०७६, बिहीबार १२:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी विधेयकका बारेमा छलफल भएको बताइएको छ ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद सम्बन्धी विवादास्पद अध्यादेश वा विधेयक नल्याउन आग्रह गरेको भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधी परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।