२३ बैशाख २०८१, आईतवार
Follow Us

पिटरवरोमा ‘छ माया छपक्कै’ प्रदर्शन गरिने

नेपालब्रिटेन डट कम्
६ पुष २०७६, आईतवार १६:२४

लण्डन । पछिल्लो समय निकै चर्चित तथा लोकप्रिय नेपाली चलचित्र ‘छ माया छपक्कै’ पिटरवरोमा बस्ने नेपालीहरुले पनि हेर्न पाउने भएका छन् । बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्टद्वारा उक्त नेपाली चलचित्र ‘छ माया छपक्कै’ पिटरवरोमा प्रदर्शन गरिन लागिएको इन्टरटेनमेन्टमा तारा गर्बुजा जानकारी दिए ।

आगामी जनवरी १३ तारिख, सोमबारका दिन पिटरवरोको भिवासिटी की थिएटरमा दिउँसो साढे ४ बजेदेखि चलचित्र प्रदर्शन गरिने चलचित्र वितरकले बताएका छन् ।
सो चलचित्र ५ जनवारी आइतवारका दिन अल्डरशटस्थित एम्पायर हलमा प्रदर्शनी गरिने भएको छ ।

दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतको अभिनय रहेको छ । नेपाली राजनीति र राजनैतिक दलको सेरोफेरोलाई आधार मानेर चलचित्रको विषयवस्तुलाई समेटिएको छ ।

नेपालमा चलचित्र व्यवसाय धरापमा पर्दै गैरहेको बेला चलचित्र छ माया छपक्कै ले राम्रो व्यापार गर्न सफल भएको छ ।