२६ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल भ्रमण वर्ष सफल पार्न एनआरएनए अध्यक्ष पन्तको अपील

नेपालब्रिटेन डट कम्
१५ पुष २०७६, मंगलवार १५:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले भ्रमण वर्ष २०२० अभियान सफल पार्न आआफ्ना ठाउँबाट जुट्न आग्रह गरेका छन् ।
अध्यक्ष पन्तले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपाल भ्रमण वर्ष–२०२० को अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी सफलतापूर्वक सम्पन्न गर्न पनि गैरआवासीय नेपाली समुदाय तम्तयारीसाथ जुटेको जनाएका छन् ।

पन्तको विज्ञप्तिमा पर्यटन प्रवर्द्धन र समृद्धिको राष्ट्रिय अभियानमा गैरआवासीय नेपाली संघले विगतदेखि नै नेपाल सरकारसँग हातेमालो गर्दै आएको वताएको छ ।

विज्ञप्तिमा ‘नेपाल भ्रमण वर्ष–२०२० को अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी सफलतापूर्वक सम्पन्न गर्न पनि गैरआवासीय नेपाली समुदाय तम्तयारीसाथ जुटेको छ । यसै सन्दर्भमा माननीय पर्यटनमन्त्री योगेश भट्टराईको गैरआवासीय नेपाली संघसमक्ष गर्नुभएको अपिलअनुसार आज नयाँ वर्षको पूर्वसन्ध्यामा संसारका प्रमुख अग्ला टावरहरुमा गैरआवासीय नेपाली संघको वा नेपालको राष्ट्रिय झण्डा तथा ब्यानर फहराउँदै छन् । त्यसैगरी अन्य कार्यक्रमका साथ संघका राष्ट्रिय समन्वय परिपषदहरुले भ्रमण वर्षको प्रचार प्रसार गरी विदेशी मित्रहरुलाई नेपाल घुम्न प्रेरित गर्ने कार्यक्रम छ । र, यस्ता कार्यक्रम वर्षैभरि निरन्तर रहनेछन् । नयाँ वर्षको सुखद आगमनको कामनासहित सम्पूर्ण गैरआवासीय समुदायमा पर्यटन प्रवद्र्धनका लागि स्वदेशले अघि सारेको भ्रमण वर्ष अभियान सफल पार्न आआफ्ना ठाउँबाट जुट्न आग्रह’ गरिएको छ ।