२८ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७६, शनिबार ०७:५४

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन कार्यक्रम अन्तर्गत अन्तिम मतदाता नामावली आज प्रकाशन गर्दैछ । अपरान्हसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामवली प्रकाशन हुने आयोगले जानकारी दिएको छ ।

निर्वाचनका लागि भोली उम्मेदबारी दर्ता हुँदैछ । उम्मेदवार विरुद्ध उजुरी दिने समय आइतबारका लागि निर्धारण गरिएको छ । निर्वाचन भने माघ ९ गते हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तह अन्र्तगत गाँउपालिका अध्यक्ष र उपाध्यक्ष र नगरप्रमुख र उपप्रमुख १ हजार ५ सय ६ जनागरि २ हजार ५६ जना मतदाता छन् ।