२८ बैशाख २०८१, शुक्रबार
Follow Us

फ्रान्समा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७६, शनिबार ०९:०८

पेरिस । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको प्रमुख अथित्यतामा, गोर्खाली समाज फ्रान्सले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ग¥यो । गत १ जनवरी मा फ्रान्सको आइफल टावर अगाडी नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारका साथै टोपी दिवस तथा नयाँ बर्ष सन् २०२० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका हुन । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएसंगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र पर्यटन प्रवर्दनमा टेवा पुग्ने उदेश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचानसहित कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई करिब ३०० जति पर्चा वितरण गरिएको थियो ।

चिसो मौसम, पानी परेता पनि बिदेशीले पनि प्ले कार्डसहित जानकारी लिन र हेर्न समेत भ्याएका थिए । पर्यटकले नेपाली सस्कृतिका बारेमा उत्सुक हुदै कार्यक्रममा सहभागिता जनाएका थिए । नेपाल चिनाउन र चिसो मौसममा बाडिएको नेपाली तातो चियाले पनि स्थलमा उपस्थित फ्रेन्च र पर्यटनलाई थप आकर्षण गरेको थियो ।

कार्यक्रममा उपप्रमुख नियोग खड्गप्रसाद दाहाल, नेपाली साँस्कृतिक गृहका सुरज श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, एनआरएनए युवा संयोजक दिलिप गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान, सस्कृति तथा सद्भावना दूत एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष एवं समाजका सल्लाहकार निर्मल अर्याल, एनआरएनए फ़्रान्सका संस्थापक अध्यक्ष एवं गोर्खाली समाज फ्रान्सका अभिभावक हरिहर अर्याल, भुतपुर्ब आईसीसी सदस्य मीन जिसीलगायतको उपस्थिति थियो ।

छोटो समयमा तयार गरिएको कार्यक्रम भए पनि आफ्नो अमुल्य समय दिएर गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठुलो संख्यामा नेपालीहरुको उपस्थिति हुनुभएका उक्त कार्यक्रममा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उदेश्यका साथ नेपालीहरु उस्तै पहिरनका साथमा उपस्थित भएका थिए । गोर्खाली समाज फ्रान्सका महासचिब राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्ने क्रममा गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले आगन्तुक सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।