७ बैशाख २०८१, शुक्रबार
Follow Us

कृषि विकास बैंकको ४ करोड लुट्ने पक्राउ

sarusaru
२० पुष २०७६, आईतवार ०८:५०

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ४ करोड रुपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् ।

मोरङ, रंगेली नगरपालिका– २ का ४३ वर्षीय दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो । नेपाललाई कृषि विकास बैंकको गोल्फुटार शाखामा पैसा झिक्न गएका बेला समातिएको थियो ।

उनले ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए । लुटिएको ४ करोड ७६ लाख रुपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको थापाले जानकारी दिए । आफ्नो खातामा गएको रकम झिक्न नेपालले पटक–पटक प्रयास गरिरहेका थिए ।

सोही क्रममा गोल्फुटार पुगेको सूचना बैंकबाटै आएपछि प्रहरीले नेपाललाई पक्राउ गरेको हो । पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।