२७ बैशाख २०८१, बिहीबार
Follow Us

अग्निविरुद्ध राष्ट्रपति कार्यालयबाट प्रहार

नेपालब्रिटेन संवाददाता
१० माघ २०७६, शुक्रबार ०९:२६

काठमाडौं । राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबारकै मितिदेखि लागू हुने गरी राजीनामा राष्ट्रपति समक्ष बुझाएका छन् । प्रतिनिधिसभामा सभामुख पदका एक्ला उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको केही क्षणमा राष्ट्रपतिका सल्लाहकार प्याकुरेलको राजीनामा आएको हो ।

मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । यो रिट दायर गर्नेमा प्याकुरेल पनि छन्। उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो । आफैले रिट हालेका आरोपित पात्र सभामुख बन्‍न लागेपछि उनले पदमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिएको बुझिएको छ ।