२६ बैशाख २०८१, बुधबार
Follow Us

यसरी भयो देउवा र पौडेल बीच नेविसंघमा भागवण्डा

नेपालब्रिटेन डट कम्
१० माघ २०७६, शुक्रबार १४:२७

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुबिच नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिने सहमति भएको छ । शुक्रबार भएको सहमति अनुसार नेविसंघ केन्द्रीय समिति १२७ जनाको हुनेछ ।

समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहनेछन् ।

त्यसैगरी दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् ।

सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ ।

त्यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ ।

नेविसंघको यो भागवण्डा विगतको महाधिवेशनबाट बनेको समिति तथा पार्टी एकिकरणलाई समेतलाई आधार बनाएर गरिएको बताइएको छ ।

कांग्रेस निकट स्रोतका अनुसार नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ ।