२६ बैशाख २०८१, बुधबार
Follow Us

सामूहिक यात्रा रोक्न चिनियाँ सरकारद्वारा आफ्ना नागरिकलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७६, आईतवार ०४:२५

बेइजिङ । स्वदेश तथा विदेशमा सामूहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन दिएको छ । चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबारदेखि लागू हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ । कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ ।

यद्यपि यो संख्या चीनले भनेको भन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाले अनुमान गरेका छन् । चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ ।