१८ असार २०८१, सोमबार
Follow Us

दसगजामा नयाँ सीमा स्तम्भ ठडयाइँदै

sarusaru
२० माघ २०७६, सोमबार ०६:३२

नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा सशस्त्र प्रहरीले सिरहाले दसगजामा बिजोर नम्बरका सीमा स्तम्भ ठडयाउन सुरु गरेको छ। आइतबारसम्ममा ५४ वटा सानो पिलरको काम सम्पन्न भएको छ।

सानो देखिएका, हराएका र भत्केका ठाउँमा सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्न सुरु गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी प्रविण कडेँलले जानकारी दिए । उनका अनुसार नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटनेछ ।

३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने एसपी कडेँलले बताए । ‘सीमा सर्वेक्षण टोलीको उपस्थितिमा काम भइरहेको छ । निर्माण कार्य जारी छ,’उनले भने ।