१८ असार २०८१, सोमबार
Follow Us

छतबाट खसेर बालिकाको मृत्यु

sarusaru
२० माघ २०७६, सोमबार ११:०२

बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतमा खेल्दै गर्दा खसेर मृत्यु भएको हो।

रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट भुँइमा लडेर बिक गम्भीर घाइते भएकी थिइन् ।

उनलाई तत्काल धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालले आइतबार राती मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।