७ जेष्ठ २०८१, सोमबार
Follow Us

चट्याङमा परेर दाङमा तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७६, शनिबार ११:५४

तुलसीपुर : चट्याङमा परेर दाङमा तीन जनाको मृत्यु भएको छ । शनिवार दिउसो करिब १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ७ नवलपुरमा गिता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ बर्षीया छोरी सृष्टी चौधरी र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङमा परि घाईते भएका दुबै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शनिवार दिउसो नै दाङको घोराही उपमहानगरपालिका ११ हापुरमा च्ट्याङमा परेर सुर्यबहादुर पुरीको आठ वर्षीय छोरा ताराबहादुरको मृत्यु भएको छ ।

चट्याङमा परी घाईते भएका पुरीको उपचारका लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।।