१९ जेष्ठ २०८१, शनिबार
Follow Us

२१ जनाको मृत्यु, अन्धाधुन्ध गोली चलाउने सैनिक मारिए

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७६, आईतवार ०४:२७

बैंकक । थाइल्याण्डको उत्तर–पूर्वमा रहेको शहर नाखोन रातचासिममा एक जुनियर सैनिक अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । अरु ३१ जना घाइते भएका छन् । ती सैनिक जवानले शनिबार सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरेर स्थानीय सपिङ सेन्टरमा पनि अन्धाधुन्ध गोली चलाएका हुन् । जंकाराफंथ थोमा नाम गरेका ती सैनिक रातभर सोही सपिङ सेन्टरमा लुकेका थिए ।

जवाफी कारवाहीको क्रममा आक्रमणकारी थोमा आइतबार बिहान मारिएको थाइ प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । कोरातका नामले समेत चिनेने नाखोन रातचासिम शहरको सपिङ सेन्टरमा उनले अन्धाधुन्ध गोली चलाएका हुन् । आक्रमणकारी थोमाले सामाजिक सञ्चालमा केही सामग्री पोस्ट गरेका छन् । तर उनले आक्रमण किन गरेका हुन् भन्ने खुलेको छैन ।