९ कार्तिक २०८२, आईतवार
Follow Us

राष्ट्रियसभाको बैठक कृषि समितिको हलबाट सञ्चालन हुने

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०८२, आईतवार १२:५३

काठमाडौं । संसद सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको हलबाट सञ्चालन गर्ने तयारी थालेको छ ।

एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिना भन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो ।

भदौ मसान्तबाट ६ महिनाभित्रमा अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गत भदौ २३ गतेको जेन—जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको थियो । त्यहाँ बैठक बस्नसक्ने स्थिति छैन । त्यसैले संसद सचिवालयले राष्ट्रिय सभाको बैठक राख्न अर्को ठाउँको खोजी गरिरहेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए ।

उनकाअनुसार राष्ट्रिय सभा स्थायी सभा हो र भदौ मसान्तमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएकोमा त्यसको ६ महिनाभित्रै आह्वान भइसक्नुपर्ने अवस्था छ । अधिवेशन आह्वान भइहालेको अवस्थामा बैठक बस्ने स्थानको अभाव रहेको बताए ।

धेरै पढिएको