९ कार्तिक २०८२, आईतवार
Follow Us

नेपाल १५६ रनमै अलआउट, अमेरिका १०६ रनले विजयी

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०८२, आईतवार १२:५६

काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रनमा समेटिएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल २,आरिफ शेख २०, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २, सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भए ।

बलिङमा अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८.१ ओभर बलिङ गरेका सिंहले २६ रन खर्चेर ६ विकेट लिए ।

त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

धेरै पढिएको