९ कार्तिक २०८२, आईतवार
Follow Us

तीनै तहका सरकारको कामबाट प्रधानमन्त्री असन्तुष्ट

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७६, आईतवार १३:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षको तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘काम हुँदै नभएको होइन तर जुन गतिमा हुनुपर्ने थियो, त्यो हुन सकेन ।’ उनले काममा भएको ढिलासुस्तीले जनताले अपेक्षा गरेअनुरुप लाभ पाउन नसकेको दुखेसो व्यक्त गरे । ‘काम ढिला भयो, अपेक्षित विकास योजना पनि समयमा सकिएन, पूँजीगत खर्च ज्यादै न्यून भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन ।’ उनले भने ।

प्रधानमन्त्रीले विकासको गति बढाउन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने बताउँदै आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । हिजो शनिबार मात्र त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गरेर आराम गरिरहेका प्रधानमन्त्री ओली बैठकलाई छोटो सम्बोधन गर्न पुगेका थिए । आफ्नो भनाई राखेर प्रधानमन्त्रीले स्वास्थ्यमा असहज महसुस भएको जानकारी गराएर बैठकबाट निस्किएका थिए ।

धेरै पढिएको