२५ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वसचिव कार्कीको घरमा के भएको थियो ?

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७६, सोमबार १०:०१

काठमाडौं । आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ललितपुर उपमहानगरपालिका–२, सानेपाको घरको भान्छा कोठामा अचेत अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।