२४ बैशाख २०८१, सोमबार
Follow Us

को बन्दैछ आईजीपी ? खनालको भोलिदेखि पदावधि सकिँदैछ

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७६, सोमबार १०:०५

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’को नियुक्ती आज गर्ने तयारी गरेको छ । आज अपरान्ह चार बजे बस्ने मन्त्रीपरिषदको नियमित बैठकबाट नयाँ प्रहरी प्रमुखको नियुक्ती गर्ने सरकारको तयारी छ ।

गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआइजी’ र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधीको कारण भोलीवाट अवकास पाउन लागेकाले सरकारले नयाँ प्रमुख नियुक्त गर्न लागेको हो ।

प्रहरी प्रमुख यो पटक प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’वाट हुनेछ । खनालसँगै १८ डीआईजी र तीन ‘एआईजी’ले अवकाश पाउँने भएकाले यो पटक प्रहरी प्रमुख ‘डीआईजी’वाट छानिने भएको हो ।

२७ औं प्रहरी प्रमुखमा एआईजी’हरु ठाकुर ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायको नाम चर्चामा छ । तिमध्ये वरीयतामा एक नम्बरमा रहेका ज्ञवालीको प्रहरी प्रमुख बन्ने सम्भावना बढि रहेको बताइन्छ ।