२ श्रावण २०८२, शुक्रबार
Follow Us

मालपोतका खरिदार पक्राउ

nepalbritain news
२७ माघ २०७६, सोमबार ११:०३

राजविराज : सरकारी कागज किर्ते गरेको आरोपमा प्रहरीले सप्तरीका एक कर्मचारीलाई पक्राउ गरेको छ। राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय मालपोत शाखाका खरिदार नबिन विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी काज किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएको डीएसपी तिलक भारतीले बताए ।

कार्यालयको १० नम्बर फाँटमा कार्यरत विश्वकर्मालाई पक्राउ गरी सरकारी कागज किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी कारवाही थालिएको डीएसपी भारतीले बताए ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको