१३ असार २०८१, बुधबार
Follow Us

न्युयोर्क – लण्डन उडान ४ घण्टा ५६ मिनेट मात्र !

नेपालब्रिटेन डट कम्
२७ माघ २०७६, सोमबार १९:५८

ब्रिटिस एयरवेजको उडानले न्युयोर्कबाट लण्डनको दुरी जम्मा ४ घण्टा ५६ मिनेटमा पार गरेको छ । न्युयोर्कबाट उडेको सुपर सबसोनिक उडान नयाँ रेकर्ड कायम गर्दै लण्डनमा अवतरण भएको हो ।

८ सय माइल प्रतिघण्टाका दरले उडेको बोइंग ७४७ शनिबार र आइतबार उक्त समयभित्र लण्डन पुगेको हो । उक्त उडान नियमितभन्दा तीब्र गतिमा उडेको थियो ।

उक्त विमान लण्डनको हिथ्रो विमानस्थलमा विहान ४ बजेर ४३ मिनेटमा अवतरण गरेको थियो । जुन तोकिएको समयभन्दा २ घण्टा पहिले नै रहेको थियो । सामान्यतया न्युयोर्कबाट लण्डन पुग्न ६ घण्टा १३ मिनेटको समय लाग्दै आएको छ ।

अहिलेसम्म न्युयोर्कबाट लण्डन ५ घण्टा १३ मिनेटमा पुगेको रेकर्ड छ । तर विगतका सबै रेकर्डहरु यसपटक तोडिएको छ ।