२४ बैशाख २०८१, सोमबार
Follow Us

मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
२८ माघ २०७६, मंगलवार ०३:३४

लन्डन । कोरोना भाइसरका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । सोमबारसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको हो । हिजो मात्रै चीनमा १ सय ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये १ हजार १४ जना चीनका छन् ।

भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ । चीनको वुहानमा मात्रै नौ सय ७४ जनाको मृत्यु भएको छ । भाइरस संक्रमण शुरु भएको सो सहरमा मात्रै ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ ।

तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्केका छन् । सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । नयाँ संक्रमित हुनेको दर भने २० प्रतिशतले घटेको चीनले जनाएको छ ।