२५ बैशाख २०८१, मंगलवार
Follow Us

आईजीपी खनालको पदावधि आजबाट सकियो, नयाँ आईजीपी को ?

नेपालब्रिटेन संवाददाता
२८ माघ २०७६, मंगलवार ०३:३७

काठमाडौं । प्रहरी महानिरीक्षक ‘आईजीपी’ सर्वेन्द्र खनालको पदावधि आजबाट सकिएको छ । ३० वर्षे सेवा हद पूरा भएसँगै उनको पदावधि सकिएको हो । खनालको पदावधि सकिएसँगै २७ औं आईजीपी नियुक्तीको तयारीमा सरकार जुटेको छ । आईजीपी नियुक्ती गर्ने विषयमा छलफल गर्न आज दिउसो मन्त्रीपरिषदको बैठक बोलाइएको छ ।

आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबीच सोमबार छलफल भएको थियो । आजबाट आइजीपी खनाल, तीनजना एआइजी र १८ जना डिआइजीले एकै साथ अवकाश पाएका छन् । अबको नयाँ महानिरीक्षक डिआइजीबाट सिधै हुनेछ । महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीका लागि दौडधुप भइरहेको छ ।

२७ औँ प्रहरी महानिरीक्षकका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ ।