२४ बैशाख २०८१, सोमबार
Follow Us

आपले ल्यायो दिल्ली विधानसभामा बहुमत

नेपालब्रिटेन संवाददाता
२८ माघ २०७६, मंगलवार १५:०३

नयाँदिल्ली । भारतको विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको सत्तारूढ आम आदमी पार्टी आपले बहुमत ल्याएको छ । तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी भाजपालाई धक्का दिँदै बहुमत ल्याएको हो ।

६१ स्थानको मत परिणाम सार्वजनिक हुँदा आपले ५४ स्थानमा जित हासिल गरेको छ । भारतीय जनता पार्टी (भाजपा) ले ७ स्थानमा जित हासिल गरेको छ । अझै ८ स्थानमा आपले अग्रता हासिल गरेको भारत निर्वाचन आयोगले जनाएको छ ।

आपले २०१५ को निर्वाचनमा ६७ सिट जितेको थियो । निर्वाचन फ्रेब्रअरी ८ मा सम्पन्न भएको थियो । जसमा ६१ प्रतिशत मतदान खसेको थियो ।

अरविन्द केजरीवालको बहुमत ल्याएसंगै भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले सामाजिक सञ्जाल मार्फत बधाई समेत दिएका छन् ।