४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १११३ पुग्यो

sarusaru
२९ माघ २०७६, बुधबार ०५:५६

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय १३ पुगेको छ ।

मंगलबार मात्रै चीनमा कोरोना भाइरसको संक्रमणमा परी ९७ जनाको ज्यान गएको र हालसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चाइना स्वास्थ्य विभागले जनाएको छ ।

यसअघि चीनमा फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेब्रुवरी ९ मा ९७ र १० मा १०८ र ११ मा ९७ जनाको ज्यान गएको छ।