काठमाडौँ — कोरोना भाइरस संक्रमण आसंकामा ६ जना नेपाली चीनमै रोकिएका छन् ।
नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको हो ।
कोरोना भाइरस संक्रमणको केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ ।
शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो।