९ कार्तिक २०८२, आईतवार
Follow Us

पूर्वसभामुख महराकाे अन्तिम फैसला आज

nepalbritain news
५ फाल्गुन २०७६, सोमबार ०४:२२

काठमाडौं। बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुनुवाई आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको थियाे। न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार (आज) फैसला गर्नेछ।

मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराललगायतले बहस गरेका थिए। महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।

धेरै पढिएको