२६ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्रीबाट बास्कोटा बचाउ, टेप प्रमाणित नभएको दाबी

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७६, बिहीबार १५:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटामाथि लगाइएको भ्रष्टाचारको आरोप पुष्टि नभएको भन्दै बास्कोटाको बचाऊ गरेका छन् ।

राजधानीमा बिहीबार आयोजित नेकपाको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले टेप प्रकरण अहिलेसम्म प्रमाणित नभएको भन्दै बास्कोटाले होइन भनेको र स्वीस दूतावासले पनि फ्रड भनेको भन्दै प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन भने ।

उनले सेक्युरिटी प्रेस खरिदमा कुनै डिल नै नभएको जिकीर गर्दै बास्कोटा र आफू विरुद्ध अख्यिारमा हालिएको उजुरीलाई पत्रु उजुरीको संज्ञा दिए । आफू धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो भन्दै प्रधामन्त्री ओलीले पैसा कमाउने भए व्यापार गर्ने थिएँ भने । सरकार गरेका यत्रा सफलता र उपलब्धिको प्रचार नगरी बस्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद भएन भने पार्टी नै नरहने भन्दै विवाद र संघर्षले नै नेकपा देशको सवैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको तर्क गरे । नेतृत्व तहमा भने कुनै गम्भीर खालको विवाद नरहेको दाबी समेत गर्दै उहाँले पार्टीलाई कनै हालतमा पनि विभाजित हुन नदिने बताए ।

नेकपा सचिवालय वैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि उत्पन्न परिस्थितिको बारेमा भने ओली र दाहाल दुवै जनाले बोल्न चाहेनन् ।