२९ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन उम्मेदवार बन्ने सम्भावना बलियो

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७६, आईतवार ०४:२०

न्यूयोर्क । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक नेता जो बाइडेन उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ । डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिका उम्मेदवार बन्न आकांक्षी मध्येबाट उम्मेदवार छान्नका लागि भएको निर्वाचनमा उनी अगाडी देखिएका हुन् ।

आयोवा, न्यू ह्याम्पसर तथा नेभेडामा पछि परेपनि साउथ क्यारोलाइनामा बाइडेनले फराकिलो जित निकाल्ने देखिएको हो । यसअघिका तीन राज्यमा अगाडी रहेका सिनेटर बर्नी सान्डर्सलाई उनले पछि पारेका हुन् ।

प्रारम्भिक ककसको नतिजामा आफू विजयी हुने देखिएपछि समर्थकलाई उनले आफ्नो चुनावी अभियानले विस्तारै गति लिएको प्रतिक्रिया दिएका छन् ।