२८ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले दिए सफल शल्यक्रियाको शुभकामना

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७६, सोमबार ०८:५८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रत्यारोपण सफलताको शुभकामना दिएका हुन् ।

ट्वीट गर्दै मोदीले भनेका छन्, ‘मेरा प्यारा मित्र केपी शर्मा ओली जी, तपाईँलाई सफल शल्यक्रियाको कामना । भगवान पशुपतिनाथले तपाईँलाई सधैँ सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिउन् ।’

नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि ओली आझ अस्पताल भर्ना हुँदैछन् भने भोलि बुधबार प्रत्यारोपणको तयारी छ । दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो ।