३० बैशाख २०८१, आईतवार
Follow Us

मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई औषधि दिन सुरु

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १६:०१

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी दिएको छ । दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना भएका छन् ।

अस्पतालले आज अपरान्ह एक विज्ञप्ति जारी गर्दै मृगौला प्रत्यारोपणको तयारीका लागि आवश्यक औषधिहरु दिन सुरु गरेको जानकारी दिएको छ । विभिन्न विशेषज्ञहरुले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रत्यारोपण अगाडी गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गर्ने काम सुरु भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा हालसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहेको उल्लेख छ ।