३० बैशाख २०८१, आईतवार
Follow Us

कोरोना भाइरस संक्रमणको आशंकामा दुई जना टेकु अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १६:०६

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको परीक्षणमा ज्वरो देखिएपछि दुई जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड-१९) को आशंकामा मंगलबार भर्ना गरिएको हो ।

कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको छ, अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भन्नुभयो । वास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।

त्यस्तै, दक्षिण कोरिया र चीनबाट आएका ३ नेपाली र एक चिनियाँ नागरिकमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको छ । रिपोर्टमा भाइरसको लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।