२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीज्यूको शल्यक्रिया सफल होस्, शीघ्र स्वास्थ्य लाभको कामना !

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७६, बुधबार ०६:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण भइरहेको छ । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि आज बुधबार पुनः नयाँ मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

मिर्गौला प्रत्यारोपण गरेको एक साताभित्र क्याबिनेटको बैठक सञ्चालन गर्ने भन्दै ओलीले ठट्यौली गरेको उनको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । जसबाट प्रष्ट हुन्छ प्रधानमन्त्री ओलीको मनोबल उच्च छ । र, त्यसबाट आम जनताको नै मनोबल उच्च भएको छ । ‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज’ भन्ने खबर पाएका सम्पूर्ण देशवासीको ध्यान त्यस्मै केन्द्रित छ । सबैले स्वास्थ्य लाभको कामना पनि पक्कै गरेकै छन् ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश दिँदै सपनालाई अलपत्र पारेर आफु अलप नहुने अठोट दिएर मिर्गौला प्रत्यारोपणका लागि तयार भएका थिए । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल होस् र चाँडै प्रधानमन्त्रीलाई तन्दरुस्त देख्न पाइयोस् भन्ने सबै देशवासीको चहाना छ ।

प्रधानमन्त्री ओली सफल शल्यक्रिया गराएर फर्किएपछि थाँती रहेका सम्पूर्ण कामहरुलाई मूर्तरुप दिनेछन् भन्ने विश्वास पनि सबैमा छ । विरामी हुँदा समेत आफ्नो जिम्मेवारी नभुली काममा खटिने प्रधानमन्त्री ओलीले स्वस्थ भएपछि झन् काम कारबाहीलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउनेछन् भन्ने विश्वास छ ।

प्रधानमन्त्री ओलीलाई चाँडै तन्तरुस्त भएको देख्न पाइयोस्, देश विकासका काम कारबाही अगाडि बढाएको चाँडै हेर्न पाइयोस् भन्दै मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चहान्छौं ।