२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीको स्वास्थ्यस्थिती बारे चिकित्सकहरु छलफलमा

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७६, बुधबार १०:२४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएपछि चिकित्सकहरु छलफलमा बसेका छन् । प्रधानमन्त्रीको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा योजनामा बनाउन चिकित्सकहरु छलफलमा जुटेका हुन् ।

मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् ।
यस्तै ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए ।

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए ।
अहिले भारतीय डाक्टर अनन्तकुमार र नेपाली चिकित्सक टोलीबीचको छलफल भइरहेको हो ।