२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओली  आईसीयूमा

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७६, बुधबार १०:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । करिव ४ घन्टा लागको मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

बुधबार गरिएको मिर्गौला प्रत्यारोपण ओलीलाई भान्जीले दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । अपरेसनपछि निरिक्षणका लागि प्रधानमन्त्री ओलीलाइ कलेजो प्रत्यारोपणको आइसीयुमा रखिएको छ ।

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो। अपरेसन चलिरदा त्रिवि शिक्षण अस्पताल बाहिर सर्बसाधारणहरु हातमा प्रधानमन्त्री ओलीको तस्विर , ‘गेट व्हेल सुन पिएम ओली’ लेखेको कार्ड आदि लिएर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका थिए ।