३१ बैशाख २०८१, सोमबार
Follow Us

मंगलग्रहको उच्च रिजोलुशनको नयाँ तस्बिर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार ०४:३३

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहको अदभूत (तस्बिर) लिन सफल भएको छ । नासाको क्युरियोसिटी रोबर्टले मंगलग्रहको नयाँ तस्बिर कैद गर्न सफल भएको हो । अहिलेसम्मकै सर्वाधिक १.८ अर्ब पिक्सल रिजोलुशन भएको यो तस्बिरमा लालग्रह समेत भनेर चिनिने मंगलग्रहको अदभूत दृष्य देख्न सकिने नासालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

नासाका अनुसार रोबर्टले आफ्नो लेन्समार्फत पछिल्लोपटक २४ नोभेम्बरदेखि १ डिसेम्बरबीच एक हजारभन्दा बढी धेरै तस्बिर लिएको थियो । अहिले खिचिएको तस्बिर मंगलग्रहको माउन्ट शार्पस्थित ‘ग्लेन टोरिडोन’ क्षेत्रको भएको बताइएको छ । नासाका शोधककर्ताहरुका अनुसार नासाले पठाएको रोबर्टले खिचेको यो दूर्लभ मौका हो ।

रोबर्टले यसअघि सन् २०१३ मा १.३ अरब पिक्सल रिजोल्युसनको तस्बिर लिएको थियो । सन् २०११ नोभेम्बर २६ मा नासाले मंगलग्रहमा पठाएको उक्त रोबर्ट कार आकारको रहेको छ । उक्त रोबर्ट सन् २०१२ अगष्ट ६ मा मंगलग्रहमा उत्रिएको थियो ।