३१ बैशाख २०८१, सोमबार
Follow Us

कुश्मीशेराबाट लागुऔषध सहित दुईजना पक्राउ

sarusaru
२९ फाल्गुन २०७६, बिहीबार ०८:१२

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट म्याग्दी प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार साँझ कुश्मीशेराको जुम्लीखोलाबाट १६ सेट एम्पुल सहित दुईजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।
पक्राउ पर्नेमा कुश्मीशेराका २७ बर्षिया रोशन आचार्य र सोही ठाउँ बस्ने २० बर्षिया सुनिल थापा रहेका छन् । म्याग्दीमा लागु औषध नियन्त्रणको अभियान चलाईरहेको म्याग्दी प्रहरीले प्रयोगकर्ताले दिएको सूचनाका आधारमा उनिहरुलाई पछ्याएको थियो । जिल्ला प्रहरी कर्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुव शर्माको नेतृत्वमा जैमिनी पुगेको टोलिले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।
‘म्याग्दीमा अभियान चलेपछि कारोवार गर्नेहरु लाखापाखा लागे’ प्रहरी निरिक्षक शर्माले भने ‘प्रयोग कर्ताहरुले बागलुङबाट खरिद गर्नेगरेको सूचनाका आधारमा हामि यहाँ आएर पक्राउ गरेका हौं ।’ पक्राउ परेका दुवैजनाई जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाईएको शर्माले बताए । ‘उहाँहरुको अपरेशनमा पक्राउ परेका दुई जना हाम्रो जिम्मामा आएका छन्, म्याद थपेर आवश्यक कारवाहीमा जान्छौं’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले भने ।