१ जेष्ठ २०८१, मंगलवार
Follow Us

३ लाख घुस प्रकरणमा योगेश भट्टराईकी पत्नी विन्दाको स्पष्टीकरण

sarusaru
३० फाल्गुन २०७६, शुक्रबार ०७:३८

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलकी एक सदस्यले च्याटमा एक विद्यार्थीसँग ३ लाख घुस मागेको र त्यसको आधा नर्सिङ काउन्सिलकी रजिष्ट्रार तथा पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेले खाने भनेको विषय अहिले चर्चामा छ । नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेले यस विषयमा काउन्सिलको तर्फबाट स्पष्टीकरण दिएकी छिन् । रजिष्ट्रार घिमिरेले काउन्सिलको तर्फबाट जारी गरेको प्रेस विज्ञप्तिमा यो काम काउन्सिलकी सदस्यले नभइ आपराधिक समूहले गरेको उल्लेख छ ।

काउन्सिलले सम्बन्धित सदस्यसँग यस विषयमा खोधेको र उनले काउन्सिललाई लिखित जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ । ‘उहाँ आफ्नो फेक आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘साथै फेक आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ ।’ यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानविन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।