२२ बैशाख २०८१, शनिबार
Follow Us

आजदेखि भारतसँगका चार नाका मात्र खुला

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७६, आईतवार ०४:५३

काठमाडौं । भारतले नेपाल तर्फका चार वटा बाहेक सवै नाका आजदेखि बन्द गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न भन्दै भारतले नेपालसँगका चार बाहेक सबै नाका बन्द गरेको हो ।

भारतको गृह मन्त्रालयले दुई देशका नागरिक ओहोरदोहोरका लागि वीरगञ्जस्थित रक्सौल, भैरहवास्थित सुनौली, महेन्द्रनगरस्थित वनवासा र काँकडभिट्टाको रानिगञ्ज नाका मात्रै खुल्ला राखेको हो ।

सामान ढुवानी भने यसअघि ब्यवस्था भए अनुसार सबै नाकावाट यथावत हुने भारतको गृह मन्त्रालयले जनाएको छ । खुला राखिएका नाकामा पनि प्रवेश गर्नेको स्वास्थ्य परीक्षण हुनेछ । कुनै ब्यक्ति संक्रमण बढी फैलिएका मुलुकवाट आएको भए तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

भारतको पछिल्लो निर्णयले विराटनगर र नेपालगञ्ज नाकावाट आवतजावत गर्नेलाई बढी समस्या हुने देखिएपछि सरकारले खुल्ला राख्न भारतलाई आग्रह गरेको छ । यि दुई नाका नेपाल र भारतबीचका प्रमुख नाका मानिन्छन । भारतले पुर्वी इलामका नाका भने शनिवार नै बन्द गरिसकेको छ ।