२ श्रावण २०८२, शुक्रबार
Follow Us

दुबई पठाउने बहानामा साढे १० लाख ठगेको आरोपमा एक जना पक्राउ

nepalbritain news
४ चैत्र २०७६, मंगलवार १०:३०

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंको गंगबुबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन् ।

पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई सोमबार गंगबुबाट पक्राउ गरेको हो ।

आकर्षक तलव सुविधाको प्रलोभन देखाइ वर्किङ भिषामा दुबई पठाइ दिने भन्दै मगरले ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।
अनलाइनखबर

धेरै पढिएको