३१ बैशाख २०८१, सोमबार
Follow Us

भारतसँगका सबै नाका तत्काल बन्द गर्नु : डब्ल्यूएचओ

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७६, आईतवार १०:२९

काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । आज विहानको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओले भारतमा संक्रमण बढेकाले सीमा नाका बन्द गर्न सुझाव दिएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउन पनि डब्ल्यूएचओले आग्रह गरेको छ । नेपालभित्र पनि सीमा नाका बन्द गर्नुपर्ने माग उठदै आएको छ ।

सरकारले नाका बन्दका विषयमा भारतसँग परामर्श गर्ने जनाएको छ । कोरोना संक्रमणबाट भारतमा छ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लोपटक नेपालसँग जोडिएको विहार राज्यमा संक्रमितको मृत्यु भएको हो । मुगेर निवासी एक बृद्धको विहारको पटनास्थित एम्स अस्पतालमा मृत्यु भएको हो । यसअघि विहारमा कोही पनि संक्रमित फेला परेको थिएन ।