३१ बैशाख २०८१, सोमबार
Follow Us

जिप्रका कन्चनपुरद्वारा आज रातिदेखि अनिश्चितकालीन ‘कर्फ्यू’ आदेश

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७६, आईतवार ११:५२

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ । कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताए । ‘कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएका हौं। कर्फ्यू भन्ने शब्द उल्लेख नगरे पनि व्यवहारमा भने कर्फ्यू हो,’ उनले भने । प्रजिअ खतिवडाका अनुसार कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन।

‘कहिलेसम्म भन्ने छैन,अनिश्चित हो। जिल्लाभर नै हुन्छ,’ उनले भने। सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो । बैठकले भारतसँगको गड्डाचौकी नाका पनि आइतबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।