५ जेष्ठ २०८१, शनिबार
Follow Us

नेपालमा संक्रमितको संख्या ३२ पुग्यो

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७७, मंगलवार ११:२५

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उदयपुरमा थप एक जना ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित व्यक्तिको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

उदयपुर आशंका
उदयपुरको भुल्केमा थप आठजनामा कोरोना संक्रमण शंकास्पद भएपछि आज ८ जनालाई धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । गत ६ गते भुल्केका ६९ जनाको स्वाप नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण गरिएको थियो । परिक्षणबाट उनीहरुमध्ये आठ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि उनीहरुलाई धरान लगिएको हो । गत ५ गते भुल्केको मस्जिदमा बसेका १२ र भोलीपल्ट १ गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बस्तीलाई प्रशासनले सील गरेको छ ।