७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्कटल्याण्डमा नेपालीले गराए २ सय स्वास्थ्यकर्मीलाई निशुल्क भोजन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७७, बुधबार २०:४७

लण्डन । कोरोनाबाट विश्वव्यापी आक्रान्त र लकडाउन भइरहेका बेला स्कटल्याण्डमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोवल बढाउने उदेश्यले नेपाली समुदायले निशुल्क भोजन गराएका छन् ।

स्कटल्याण्डस्थित समाजसेवी काशीराम भण्डारीले संचालन गरेको ‘नमस्ते सिम्ला प्यालेस’ रेष्टुरेन्टले स्थानिय अस्पताल, जिपी, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र सुरक्षानिकायमा कार्यरत २ सय जनालाई निशुल्क भोजन गराएको हो ।

भण्डारीले कोरोना भाइरसको महामारीमा पनि सकृय रुपमा काम गर्ने स्वास्थ्य क्षेत्रमा संघर्षरत स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने उदेश्यले निशुल्क खाना वितरण गरिएको बताए ।

भण्डारीले फाइफस्थित क्वीन मार्केट हस्पिटल, क्राउडनबीच जीपी, स्थानिय प्रहरी चौकी र केल्टि कम्युनिटीमा रहेका अशक्त बृद्धाहरुलाई मंगलवार र बुधवार खाना वितरण गरिएको जानकारी दिए ।

नमस्ते सिम्ला प्यालेश रेष्टुरेन्टले यसअघि पनि यस्तै परोपकारी काम गर्दै आएको र अगामी दिनमा समेत परोपकारी काम गर्ने योजना बनाएको रेष्टुरेन्ट संचालक मध्यकी एक मिरादेवी भण्डारी बताइन् ।

वेलायतका कोराना संक्रमणबाट १८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ भने १ लाख ३३ हजार भन्दा बढी संक्रमित छन् । लकडाउनको अवधि थप गरिएको छ ।