४ श्रावण २०८२, आईतवार
Follow Us

दुई अध्यादेश राष्ट्रपतिद्वारा खारेज

nepalbritain news
१२ बैशाख २०७७, शुक्रबार ०९:४५

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी भएका दुई अध्यादेश खारेज गरेकी छन्।

यसअघि मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरूले भनेकै कारण अध्यादेश फिर्ता लिएको बताएका छन्।

मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे संक्षिप्त धारणा राख्दै प्रधानमन्त्रीले अध्यादेशबाट हाललाई पछि हटेको बताएको एक मन्त्रीले सेतोपाटीलाई बताए।

‘कानुन संविधानअनुसार राष्ट्रको निम्ति राम्रो होस् भनेरै गर्‍या कुरा हो,’ ती मन्त्रीले भने,’प्रतिपक्षी दल अनि सत्तापक्षकै नेताहरूले फिर्ता लिने भनेपछि हाललाई पछि हट्ने भन्नुभयो।’

सेतोपाटी

धेरै पढिएको