२ श्रावण २०८२, शुक्रबार
Follow Us

कैलालीमा सामुदायिक वनका अध्यक्ष ५० हजार घुससहित पक्राउ

nepalbritain news
२० बैशाख २०७७, शनिबार ०७:१५

कैलालीको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।

सोही नगरपालिका वडा नं. १० बस्ने धामीलाई गौरीगंगा नगरपालिका ८ बढैपुर बजारबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

धामीले सेवाग्राहीको घरायसी झगडामा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सेतोपाटी

धेरै पढिएको