२ श्रावण २०८२, शुक्रबार
Follow Us

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, स्थायी कमिटीमा लैजाने प्रस्तावबारे कुराकानी

nepalbritain news
२३ बैशाख २०७७, मंगलवार ०७:३६

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

‘दुई अध्यक्षबीचको छलफलमा स्थायी समितिमा लैजाने प्रस्तावबारे छलफल भएको हो,’स्रोतले सेतोपाटीसँग भन्यो,’२५ गते बस्ने स्थायी कमिटीका लागि व्यवस्थित प्रतिवेदन नबनाइए पनि बैठकका प्रस्तावलाई कसरी लैजाने कस्ता विषयवस्तुलाई समेटने भनेर छलफल भएको हो।’

दुई अध्यक्षबीच सोमबार पनि छलफल भएको थियो।

स्थायी समितिको तयारीका लागि नेकपाले वैशाख २४ गते सचिवालय बैठक बोलाइएको छ।

सेतोपाटी

धेरै पढिएको