१८ बैशाख २०८१, मंगलवार
Follow Us

कपिलवस्तुका दुई कोरोना संक्रमित भारतबाट आएको पुष्टि

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७७, शुक्रबार ०५:४६

काठमाडौं । कपिलवस्तुमा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको पाईएको छ । १६ र २२ वर्षका ति युवक भारतको मुम्बईबाट एक साताअघि लुकेर जिल्ला प्रवेश गरेको देखिएको हो ।

खुला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले समातेर मायादेवी– एक पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए । क्वारेन्टाइनबाट उनीहरुको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो ।

संक्रमित दुवै जनालाई बुटवलको आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । दुबैको अवस्था सामान्य रहेको छ । उनिहरु मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका हुन् । उनिहरुमा संक्रमण भेटिए पछि उनीहरुको सम्पर्क र भेटघाट को को सग भएको थियो सोधपुछ भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो सँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ । यसअघि बाकेको नेपालगन्जमा २३ र रुपन्देहीको कोटहिमाईमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।